
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १६ सय रुपैयाँ बढेको छ ।
आज प्रतितोला एक लाख ५० हजार ९ सय रुपैयाँमा सुन कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ८४५ रुपैयाँ पुगेको छ ।