जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

शुक्रबार प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ६०० रुपैयाँले बढेर १ लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने केही घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका