
काठमाडौं– नेपाली बजारमा सोमबार सुनको स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।