
काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
मंगलबारदेखि उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज भने प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
चाँदी तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३० रुपैयाँमा झरेको छ ।