
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ४० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।