जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य ८०० रुपैयाँले घट्यो

सुनको मूल्य ८०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार (आज) सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँको कारोबारको रेकर्डलाई मंगलबार तोडेको थियो ।

यसदिन चाँदीको मूल्य ३० रुपैयाँ घटेर एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

धेरै टिप्पणी गरिएका