
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार समेत यही मूल्यमा कारोबार भएको थियो ।