
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघले आजको कारोबार भाउ निर्धारण गर्दै हिजो आइतबारकै मूल्यमा सुन र चाँदीको कारोबार हुने जनाएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुन र चाँदीको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघले आज चाँदीको मूल्य १२ सय ९० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।