
काठमाडौँ । सत्तारुढ दलहरुको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको हो ।
नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
तर सत्ता गठबन्धनको बैठकले एमालेको माग सम्बोधन गर्न उच्चस्तरीय छानबिन समिति गठन नगर्ने निर्णय गरेको हो ।