
सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो । यसअघि भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि सोधपुछ गरेको थियो ।