
काठमाडौं। विराटनगर किंग्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफ नपुग्ने दोस्रो टोली बनेको छ।
एनपीएलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल सुपर ओभरमा गएको थियो।
दुवै टोलीले २० ओभरमा १३९–१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको हो। सुपर ओभरमा पोखराले विराटनगरलाई पराजित गरेको हो।