
म्यानचेस्टर– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिया युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार विहान सकिएको दोस्रो लेगको खेलमा सेभिया युनाइटेडमाथि ३–० ले विजयी हुँदा समग्रमा ५–२ गोल अन्तरले विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो ।
घरेलु मैदानमा सेभियाले आठौं मिनेटमा अग्रता लिएको थियो । युसुफ एन नेसरीले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।
४७ औं मिनेटमा लोइक बाडेले अग्रता दोब्बर बनाएका थिए । ८१ औं मिनेटमा नेसरीले व्यक्तिगत दोस्रो गोल गर्दा ३–० को जित निकाल्न सफल भयो ।
पहिलो लेगको नतिजाका आधारमा सेभिया समग्रमा ५–२ को जितका साथ सेमिफाइनल पुग्न सफल भयो ।
सेमिफाइनलमा युभेन्ट्ससँग प्रतिस्पर्धा हुने छ ।