
वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा हङकङले नेपाललाई १ सय ५ रनको लक्ष्य दिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन बनायो । हङकङकी शानजीन शाहजादले ५४ रन बनाइन् । नेपालकी राजमैती ऐरीले ३, कप्तान इन्दु बर्माले २ विकेट लिए ।
प्रतियोगितामा नेपालले यसअघिका पाँचमध्ये चार खेलमा हार बेहोरेको छ । नेपाल हिजो युगान्डासँग ४० रनले पराजित भएको थियो । यसअघिको भेटमा भने नेपालले युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै नेपाल नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा पराजित भएको छ । नेपाल अङ्क तालिकाको पुच्छारमा छ । लिग चरणमा शीर्ष २ मा पर्ने टोलीले उपाधिका लागि चैत ३ गते फाइनल खेल्नेछन् ।