जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • हमासले बन्दी बनाएका ८ जनाको मृत्युः इजरायल

हमासले बन्दी बनाएका ८ जनाको मृत्युः इजरायल

एजेन्सी। इजरायलले हमासले जारी गरेको सूचीमा रहेका ३३ बन्धकमध्ये ८ जना मारिएको बताएको छ ।

इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सारले यसको पुष्टि गरेका छन् । यसको मतलब आगामी समयमा हमासले १८ जना बन्धकलाई मात्रै रिहा गर्ने भएको छ ।

इजरायलले समुद्री फायरको पहिलो चरणमा अहिलेसम्म ७ जना बन्धकहरूलाई रिहा गरिसकेको छ। अब हमासले यसै साता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उनीहरूलाई बिहीबार र शनिबार गरी ३–३ गरी दुई वटा ब्याचमा रिहा गरिनेछ ।

बदलामा इजरायलले उत्तरी गाजामा रहेका प्यालेस्टिनी नागरिकहरूलाई सोमबार जनवरी २७ देखि फर्कन अनुमति दिइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो जानकारी दिएका हुन् । उनीहरूलाई हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो।

इजरायलले गत हप्ता शनिबार रिहा गरिएका चार महिला बन्धकसहित अर्बेल येहुदलाई रिहा गर्न माग गरेको थियो तर, हमासले शनिबार अर्बेललाई रिहा गरेको अझै छैन । इजरायलले यसलाई युद्ध विरामको उल्लङ्घन भनेको छ।

युद्धविराम सम्झौता अन्तर्गत हमासले हालसम्म ७ जना इजरायली बन्धकहरुलाई रिहा गरिसकेको छ । यी सबै महिला हुन् । जसको बदलामा इजरायलले ३०० भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

हमासले आइतबार इजरायललाई बाँकी बन्धकहरूको सूची हस्तान्तरण गरेको थियो । इजरायल र हमासबीच जनवरी १९ बाट युद्धविराम सुरु भएको थियो । युद्ध विरामको पहिलो चरण ४२ दिनको छ, जसमा सबै इजरायली बन्धकहरूलाई रिहा गरिनेछ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका