
बझाङको साईपाल गाउँपालिकामा हिमपहिरोमा परी ४२ वटा भेडा मरेका छन् । हिमपहिरोमा परी तीन वटा घाइते भएका छन् । अस्ति शनिवार दिउँसो १ बजे साईपाल–४ को गुडपाल सामुदायिक वनको ओडारमा गोठ बनाएर भेडा चराइरहेको समयमा बरम डाँडामा हिमपहिरो गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
भेडीगोठमा रहेका एक सय २५ भेडामध्ये १९ वटा पुरिएको अवस्थामा मरेका भेटिएका छन् । यस्तै घाइते तीन वटाको उद्धार गरेको र २३ वटा पुरिएर हराएका साईपाल गाउँपालिका–४ का जयपाल रोकायाले जानकारी दिनुभयो । बाँकी रहेका भेडाहरूलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ ।