
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीहरूको जीवन बीमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले आज काठमाडौँमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा बोल्दै देउवाले आरोहीहरूको जीवन बीमा आवश्यक रहेकाले यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताए ।
देउवाले सगरमाथाको चुचुरोमा कांग्रेसको झण्डा पुर्याएर पार्टीको मात्रै नभएर देशकै लागि गौरवको विषय भएको जिकिर गरे ।
कार्यक्रममा सगरमाथामा कांग्रेसको झण्डा फहराउने आरोहीहरूलाई सम्मान गरिएको थियो ।