जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • हुम्लाको सिमकोटमा बालगृह निर्माण

हुम्लाको सिमकोटमा बालगृह निर्माण

हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा बालगृहको भवन निर्माण भएको छ । जापान सरकारको एक करोड ३५ लाख रुपैयाँको अनुदान लागतमा बालगृह बनेको हो ।

नेपालमा रहेको जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला) का प्रमुखलाई भवनको साँचो हस्तान्तरण गर्नुभएको हो ।

भवनमा ३० जना बालबालिकालाई आश्रय दिने क्षमता रहेको जापानी राजदूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ । छ ।

नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायतका गतिविधि सञ्चालन गर्नसक्ने छन् ।

धेरै टिप्पणी गरिएका