
११ दिनपछि खुलेको शेयर बजार आज सोमवार एक अङ्कले बढेको छ । तिहार र अन्य बिदाका कारण गएको कात्तिक २३ गतेपछि आज खुलेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्यबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र सयपत्री जलविद्युतको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
आज ३३ लाख १९ हजार कित्ता शेयर एक अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सात करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भयो ।