
बेइजिङ । प्यालेस्टाइनी प्रतिद्वन्द्वी समूहहरू – जसमा हमास र फताह पनि छन्, उनीहरूले आफूहरूबीचको विभाजन अन्त्य गर्ने र प्यालेस्टाइनी एकता बलियो बनाउने बेइजिङमा सहमति गरेका चिनियाँ सीसीटीभीले जनाएको छ ।
प्यालेस्टाइनका १४ विभाजित समूहबीच आइतबारदेखि बेइजिङमा वार्ता भएको थियो ।गाजामा हमास समूहविरुद्ध इजरायलले कारबाही गरिरहेका बेला उक्त द्वन्द्वमा चीनले ‘पिस ब्रोकर’को भूमिका खोजेको छ ।
चीनका विदेशमन्त्री वाङ यीले उक्त सहमतिलाई १४ समूहबीचको प्रतिबद्ध एकता र मेलमिलाप भएको जनाएका छन् । सीएनएनबाट ।