
काठमाडौं महानगरपालिका–१५ स्थित एक गेस्ट हाउसमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्का छन् । उनलाई सिन्धुलीको दुधौलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनले करिब डेढ वर्ष अघि ७ वैशाख २०८० मा गेस्टहाउसमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । उनीमाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।