
काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब ७४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार २७ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।
२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमको ट्रेजरी बोलकबोल गर्न लागेको बैंकले १८ अर्ब ७४ करोड रुपैयाँ पुरानो नवीकरण गरेर ६ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको बैंकले जनाएको छ ।
सोमबार बोलकबोल हुने ट्रेजरीको निष्काशन मंगलबार अर्थात् वैशाख जेठ १ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
कूल निष्काशन बिल मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विनाप्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ ।
यसअघि बैंकले वैशाख २५ गते २३ अर्ब ९ करोड १२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।