जोडिनुहोस
  • होमपेज
  • ३० वर्षीय युवक तामाकोशीमा बेपत्ता, एक जना पक्राउ

३० वर्षीय युवक तामाकोशीमा बेपत्ता, एक जना पक्राउ

रामेछाप। रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन्। प्रहरीले तामाकोशी नदीमा उनको खोजतलास गरिरहेको छ। भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।

भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन्। विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14