
औषधी व्यवस्था विभागले विभिन्न ६ प्रकारका एण्टिबायोटिक औषधीहरू खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ। आज एक सूचना जारी गर्दै एन्टिबायोटिक, मेरोपेनम, कोलिस्टिन, पोलिम्याक्सिम बी, भ्यानोकोमिकलगायत ६ प्रकारका औषधी विभागले खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको हो । प्रतिजैविक औषधिको राष्ट्रिय खपतको विवरणले रिजर्भ समूहका प्रतिजैविक औषधिहरूको खपत बढ्दै गइरहेको, पशुपक्षीमा प्रयोग हुने औषधिहरूको प्रयोग सम्बन्धी प्रतिजैविक सर्भिलेन्सको समेत अभाव रहेको, औषधि सिफारिसकर्ता, औषधि बिक्रेता र प्रयोगकर्तालाई प्रतिजैविक औषधिको वर्गीकरण बारे पर्याप्त ज्ञान नभएकोले त्यस्ता औषधिको अनुचित प्रयोग हुन नदिनका लागि यस्तो सूचना जारी गरिएको छ विभागले भनेको छ ।