
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरिरहेको अमावनीय व्यवहार रोक्न माग गरेका छन् ।
सहकारीको रकम हिनामिनाको आरोपमा थुनामा रहेका लामिछानेमाथि सरकारले प्रतिशोषपूर्ण, निरंकुश, अमानवीय र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै प्रचण्डले निन्दा पनि गरेका छन् । उनले यस्ता व्यवहार रोक्न पनि माग गरेका छन्।
प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’