आज संसद बैठक बस्दै

title
शुक्रबार, साउन ११, २०७५

काठमाडाैं । लामो समय स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । यसअघि गत असार तीन गतेलाई बोलाएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको थियो ।

त्यसअघि पनि काङ्ग्रेस सांसदले लगातारजासो बैठक अवरुद्ध गरेपछि बस्न सकेको थिएन । डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसन थालेपछि काङग्रेसले सोही माग पुरा नगरुनजेल बैठक अवरुद्ध गर्ने घोषणा गरेअनुसार बैठक चल्न दिएको थिएन । यसैवीच आजको संसद बैठक चल्न दिने काङ्ग्रेसले जनाएको छ ।
काङ्ग्रेस नेता डा.नारायण खड्काले गोविन्द केसीका माग पुरा भएकाले संसद अवरोध नगर्ने बताए ।