Thu May 26 2022
देश

डा गोविन्द केसी आइसियुमा

काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीको अवस्था गम्भिर बन्दै गएको छ। स्वास्थ्य  गम्भिर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले निषेधित क्षेत्र तोड्दै डा केसीलाई अस्पताल पुर्‍याएका छन्।

डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालको आइसियुमा राखिएको छ। अनसन बसिरहेका डा केसी अर्धचेत भएपछि डाक्टरहरुको टोलीले जबरजस्ती आइसियुमा लगेका हुन्। आइयिसुमा डा केसीको उपचार भइरहेको छ।

डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापा र डीएसपी डा तपन दाहालको टोली अस्पताल पुगेको छन्। उनीहरुले डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।