Tue May 17 2022
समाचार

झापामा बस्ती जोगाउन हम्मे

दमक – बर्षातको सुरुवातमै बाँध भत्किएपछि कमला गाउँपालिका २ क्याम्पा बजार र सुकुम्बासी बस्ती जोगाउन हम्मे परेको छ ।

स्थानीय कमल खोलाको धार बस्तीतर्फ सोझिएको छ ।

गाउँपालिका र जनताको तटबन्ध कार्यक्रमबट करिब एक करोड लागतमा निर्माण गरिएको बाँध केहि दिनअघि भत्काएको हो ।