Tue Sep 27 2022
समाचार

डा. केसी इमर्जेन्सीमा

जुम्ला – अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ ।
उनलाई अनशनस्थल (जिल्ला खेलकुद विकास समितिको कभर्डहल) बाट एम्बुलेन्समा अस्पताल ल्याइएको छ ।

केसीको जीवनरक्षाका लागि स्थानीय नागरिक समाजले राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्ला र स्थानीय प्रहरी प्रशासनलाई दबाब दिँदै आएको छ ।