ट्राफिक महाशाखाले चोरीको ३३ थान मोटरसाइक सवारी धनीलाई बुझायो

ट्राफिक  महाशाखाले चोरीको ३३ थान मोटरसाइक सवारी धनीलाई बुझायो
शुक्रबार, असार २२, २०७५

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाबाट चोरी भई पक्राउ परेका ३३ थान मोटरसाइकल आज सम्वन्धित सवारी धनीलाई बुझाएको छ ।

उपत्यकामा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेको भन्दै विशेष टोली बनाएर अनुगमन सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल चोरीका घटना बढ्न नदिन सवारी धनी आफै सचेत हुनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखामा चालु आर्थिक वर्षको जेठसम्ममा १ हजार ७५ थान मोटरसाइकल हराएको उजुरी दर्ता भएका छन् । जसमध्ये भेटिएका २ सय ४३ थान मोटरसाइकल सम्वन्धीत सवारी धनीलाई जिम्मा लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।