Thu Oct 6 2022
मुख्य खबर

मुस्ताङ दुर्घटना– मृतकको संख्या १८ पुग्यो

मुस्ताङ । कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखि झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा २ क २२१९ नम्बरको टिपर काम भैरहेको स्थानमा जाने क्रममा दुर्घटना हुँदा हालसम्म मृत्यु हुने मृतकको संख्या १८ पुगेको छ ।

उक्त टिपर दुर्घटनामा परी १५ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने सो दुर्घटनामा घाइते भएका १७ जना मध्ये थप ३ जनाको मृत्यु भएको खवर प्राप्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार स्याङबोचेमा खाना खाएर तामाखोलामा काममा जाने क्रममा टिपर अनियंत्रित भएर सडकदेखि करिब ६० मिटर तल खोलामा खसेको हो ।