जीतलाल श्रेष्ठ । बारामा आज धारिलो हतियारले घाँटी रेटी घाईते भएको अवस्थामा एक किशोरी भेटीएको छ ।
कलैया उपमहानगरपालिका वडा नं. २ औधापुरका महादेव पटेलको अन्दाजी १५ वर्षकी प्रिती पटेल गम्भीर घाईते अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ । उनको कलैया अस्पतालमा उपचारका भइरहेको आफन्तले जनाएका छन् ।
उनको घाटीको दाहिने तर्फको भागमा गहिरो चोट लागेको छ । घटनाकोे बारा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।