Sun Dec 4 2022
समाचार

प्रदेश र जिल्ला कमिटीमा सदस्य संख्या बढाउने (नेकपाको) तयारी

नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश र जिल्ला कमिटीमा सदस्य संख्या बढाउने तयारी गरेको छ ।

स्थायी समितिमा प्रदेश र जिल्ला कमिटीको प्रस्तावित सदस्य संख्या बढाउन नेताहरुले राखेको सुझावअनुसार नेकपाले संख्या बढाउने तयारी गरेको हो ।

बिहीबार बसेको स्थायी समितिमा प्रदेश कमिटीको आकार न्यूनतम दुई सयदेखि २२५ सम्म पु¥याउनुपर्ने नेताहरुले सुझाव दिएका छन् । त्यस्तै, जिल्ला कमिटीको आकार न्यूनतम १५० सदस्यीय पु¥याउनुपर्ने सुझाव आएको छ ।

आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छापिएको छ, पार्टीको प्रस्तावित विधानमा प्रदेश कमिटीमा न्यूनतम १७५ र जिल्ला कमिटीमा १२५ सदस्यीय बनाउने प्रस्ताव छ ।