Thu May 26 2022
समाचार

मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा अवैध ८ लाख भारु !

काठमाडौं । पर्सामा प्रहरीले एक जनालाई ८ लाख भारु सहित पक्राउ गरेको छ । चोर बुद्धि प्रयोग गरेर उनले मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा ८ लाख १ हजार २ सय रुपैयाँ लुकाएर ल्याएका थिए ।

भारतको बिहारस्थित मोतिहारी, ग्राम सुगौली ११ का २८ वर्षीय अभिजितकुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । रक्सौलतर्फबाट वीरगञ्ज आउँदै गर्दा उनलाई विशेष सूचनाको आधारमा बीआर.५ के ६४४४ नम्बरको पल्सर मोटरसाइकलमा हिँड्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनले मोटरसाइलको तेलको ट्याङ्कीको आधा भागमा पेट्रोल र अर्को भागमा अवैध भारतीय रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।