Thu May 19 2022
समाचार

अबिरल वर्षाले निजगढमा सडक अवरुद्ध, दुई सय बढी घर डुवानको जोखिममा

जीतलाल श्रेष्ठ/बारा । अविरल वर्षाका कारण बारा निजगढमा सडक अवरुद्ध हुनुका साथै दुई सय बढी घर डुवानको जोखिममा परेका छन् ।

वर्षाका कारण निजगढमा बाढी आएपछि जमुनापैनी सडकमा पानी बग्दा विहानदेखि नै पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बाढीका कारण ३ सय भन्दा बढी साना तथा ठुलो सवारी साधन गन्तब्यमा पुग्न सकेका छैनन् । जमुना पैनी आसपासका दुई दर्जन भन्दा बढी घर डुवानमा परेका छन् ।

त्यसै गरि जिल्लाको उत्तरीभेगको चुरे आसपासका चकरी, डम्बरपुर, भक्तलाल, कुलिया, रामथली, बारथली, बुङ्गजोर, लाल, सिंगौल लगायतका बस्तीमा पहिरोको जोखिम बढेको छ ।