Sun Dec 4 2022
मुख्य खबर

विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच पुर्याउन सर्वपक्षिय छलफल सुरु : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । चिकित्सा क्षेत्रमा देखिएको विकृति अन्त्य गर्दै विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच पु¥याउन सरकारले सर्वपक्षिय छलफल चलाउने भएको छ ।

राष्ट्रियसभामा आज विनियोजन विधेयकअन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदैं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयकबारे सम्बद्ध पक्षसँग छलफल गर्ने र विवाद समाधान गर्नेे बताउनुभयो ।

चिकित्सा क्षेत्रलाई प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउदै सबैको पहुँचमा पु¥याउन लागिएको जानकारी दिनुभयो । मन्त्री पोखरेलले उच्च शिक्षा व्यवस्थित, गुणस्तरीय, उत्पादनमूलक शिक्षामा रुपान्तरण गर्ने तथा विज्ञान प्रविधिसम्बन्धी शिक्षामा जोड दिइएको बताउनुभयो । विद्यालयभन्दा बाहिरका तीन लाख १३ लाखमध्ये गत वैशाख मसान्तसम्म दुई लाख ५३ हजार विद्यार्थी विद्यालय पुगेको र बाँकी आगामी भदौभित्र विद्यालय पु¥याइने उहाँले बताउनुभयो ।

मन्त्री पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफल प्रकाशन गर्दा व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी भएको भन्दै पाँच सदस्यीय छानविन समितिले दिएको प्रतिवेदनअनुसार परीक्षा नियन्त्रकलाई कारबाही गरिसकिएको जानकारी दिनुभयो ।