Sun Dec 4 2022
समाचार

नेपाली कामदार फर्काउन मलेसियामा शिविर

मलेसियास्थित नेपाली दूतावासले राजधानी क्वालालम्पुरबाहिरका दुई ठूला सहर जोहोरबारु र पेनाङमा कन्सुलर सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

आगामी शनिबार जोहोरबारुस्थित बागुस सिटी होटल र पेनाङस्थित देवान हल बीएममा शिविर चलाउन लागिएको हो। दूतावासले केही साताअघि पनि ती क्षेत्रमा यस्तै शिविर सञ्चालन गरेको छ ।

मलेसिया सरकारले जारी राखेको धरपकडबाट प्रभावित अवैधानिक तरिकाले बसिरहेका कतिपय नेपाली कामदार दूतावाससम्म आउन नसकेकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गर्न लागिएको कार्यवाहक राजदूत कुमारराज खरेलको भनाई छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ ।