Mon May 16 2022
समाचार

ऐनविपरीत ५ संस्थामा राष्ट्र बैंकको लगानी

एउटा संस्थामा दश प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने कानूनी व्यवस्था भए पनि करिब आधा दर्जन संस्थामा रहेको बढी सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको छैन ।

कानून पालना गराउने मुलुकको केन्द्रीय बैंक नै जवाफदेही बन्न नसक्दा यस्तो अवस्था आएको छ ।

हाल विभिन्न क्षेत्रका ५ संस्थामा राष्ट्र बैंकका लगानी ती संस्थाको कुल पुँजीको १० प्रतिशतभन्दा बढी छ ।सरकारी लगानी कम गरी निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले अन्य संस्थाहरुमा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने व्यवस्था राष्ट्र बैंक ऐन ०५८ मा गरिएको थियो ।

सोही व्यवस्थानुसार तोकिएको सीमाभन्दा बढी रहेको लगानी राष्ट्र बैंकले बिक्री गर्दे जाने बताइएको थियो ।

तर विभिन्न संस्थाहरुमा रहेको सेयर बिक्री गर्न प्रभावकारी रुपमा नलाग्दा सेयर बिक्री गर्न नसकिएको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।