Wed Oct 5 2022
समाचार

अाजकाे मौसम– कहीँ बदली, कतै ठूलाे पानी पर्ने सम्भावना

काठमाडाैं । देशभरको मौसम सोमबार दिनभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले पूर्वदेखि पश्चिम सबै क्षेत्रमा बदली भएको मौसमविद वरुण पौडेलले जानकारी दिए ।

देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने उनले जानकारी दिए । यस्तै पूर्व तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले जानकारी दिए ।

अझै केही दिन देशभरको मौसम बदली हुने सम्भावना रहेकाे माैसम तथा पूर्वानूमान महाशाखाले जनाएकाे छ ।