Sat May 21 2022
समाचार

अक्सिजन उद्योग निर्माणको बाहनामा बालुवा तस्करी, नियमन निकाय मौन

रामहरि न्यौपाने/ नुवाकेट । पछिल्लो दुई वर्षदेखि सञ्चालनमा रहेको अबैध बालुवा खानीलाई प्रशासनले बन्द गराएपनि नुवाकोटको विदुरमा नै अक्सिजन उद्योग निर्माणको बाहनामा बालुवा तस्करी भइरहेको खुलेको छ ।

अवैध रुपमा बालुवा खानी सञ्चालन भएपछि ९० घरधुरी रहेको कुमाल बस्ती र उनीहरुले उपभोग गर्दै आएको खेतीयोग्य भूमी जोखिममा परेको छ । अर्काेतर्फ समुदायले हुर्काएको सामुदायीक वन समेत विनास हुन थालेको छ । सिद्धिगणेश अक्सिजन ग्याँस उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्ने बाहनामा अबैध रुपमा बालुवा उत्खनन् गरी त्यसको व्यवसायीक कारोबार हुँदा पिपलटारमा पर्ने बड्गले, ठाडे लगायतका बस्ती जोखिममा परेका हुन् ।

११ करोड ४९ लाख रुपैयाँ लगानीमा अक्सिजन उद्योग सञ्चालन गर्ने भनी उद्योग विभागमा दर्ता भएको कम्पनीलाई जग्गा सम्याउन विदुर नगरपालिकाले दिएको कार्यदेशको दुरुपयोग भएको हो । अबैध बालुवा खानी सञ्चालन हुँदै आएको स्थानलाई गत चैत पहिलो साता प्रशासनले बन्द गराए पनि अक्सिजन उद्योग सञ्चालन गर्ने बाहनामा बालुवाको अबैध उत्खनन भइरहेको हो ।

उद्योग स्थापनाको लागि दर्ता भएको स्थानबाट भइरहेको बालुवा उत्खनन् र तथा ओसारपासारपछि जोखिममा परेको कुमाल बस्तीका सर्वसाधारण असुरक्षित भएको बताउन थालेका छन ।

यहाँबाट उत्खनन भएको बालुवा बेलकोटगढी नगरपालिकाको वडा नंं. ७ स्थित जयगणेश बालुवा प्रशोधन उद्योगमा पु¥याएर बिक्री हुने गरेको पाइएको छ । उद्योग स्थापनाका लागि तोकिएको मापदण्ड र शर्तको उल्लघंनबारे विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्दा पनि अबैध उत्खनन् गर्नेलाई कार्बाही हुन सकेको छैन ।