चितवन -भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ ।
महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो ।
कार्यालयले आह्वान गर्दा ५२ वटा सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीले निवेदन दर्ता गराएपछि उनीहरूले संकलन गरेको दूधको आधारमा उनीहरूकै खातामा रकम जम्मा गरिएको हो ।
कार्यालयले रु १६ लाख ७० हजार संस्थाको खातामा पठाएको छ ।
आउँदो वर्ष एक करोड ५० लाख लिटर दूध संकलन हुने अनुमान गरिएको छ । सो वापत अनुदान दिन ३५ लाख रुपैयाँ कार्यक्रममा राखिएको छ ।