Sat May 21 2022
Uncategorized

पाल्पामा बस दुर्घटना २६ घाइते

काठमाडौं : पाल्पाको भालेबासमा बस एक अापसमा ठाेक्किए दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

बुटवलबाट पोखरा गइरहेको लु १ ख ७२७२ नम्बरको बस र पाल्पाबाट बुटवल गइरहेको लु १ ख ८१२७ नम्बरको बस पाल्पाको भालेबासमा दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएको २६ जनाको उद्दार गरिएको र अन्यको उद्दार भइरहेको जनाएको छ।

घाइतेलाई उपचारका लागि लुम्बिनी मेडीकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइते मध्ये दुइकाे अवस्था गम्भिर रहेकाे जनाइएकाे छ।