दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता आज देखि शुरु

दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता आज देखि शुरु
शुक्रबार, असार २९, २०७५

काठमाडौँ । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ ।

नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् ।

प्रतियोगितामा जुनियर र सिनियर उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुनेछ । असार ३१ गतेसम्म हुने प्रतियोगितामा १ सय ५० स्वर्ण, १ सय ५० रजत र ३ सय काँस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा रु ४० लाख खर्च हुने आयोजकले जनाएको छ ।