Sun Dec 4 2022
मुख्य खबर

पूर्वस्वास्थ्य राज्यमन्त्री मुस्ताक आलमको निधन

काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो ।

 

५३ वर्षीय आलमलाई बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएको थियो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पतालमा ल्याइएको थियो ।

 

आलमको पार्थिव शरीरलाई आज विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

 

यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्‍य जारी गर्दै मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

 

केपी ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म उनी स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।