Wed Oct 5 2022
देश

डा. गोविन्द केसीद्धारा आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार

काठमाडौं । १५ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. केसीले सत्याग्रह सुरु गरेको लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएको भन्दै स्वास्थ्य जाँच गर्नसमेत अस्वीकार गरेका हुन् ।

 

रगत परीक्षण गर्न गएका चिकित्सकहरुसँग भावुक हुँदै डा. केसीले आफ्नो स्वास्थ्य परीक्षण नगर्न आग्रह गरेका छन् ।

 

डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।