Sat May 21 2022
फिचर

वाक स्वतन्त्रता छ भन्दैमा जथाभावी बोल्न मिल्दैन– ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघले शनिबार काठमाडौमा आयोजना गरेको योगमाया न्यौपानेको सामाजिक आन्दोलनका सय बर्ष र महिला मुक्ति आन्दोलन बिषयक अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक राज्यको अधिकारबाट बञ्चित हुनुनपर्ने समेत बताउनुभयो ।

अहिले राणा शासन तानाशाही व्यवस्था नरहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुक बदल्ने अभियानमा सहभागी हुन आह्वान गर्नुभयो । उहाले नेपालमा संबिधानमा नै वाक स्वन्त्रताको व्यवस्था गरेपनि जथाभावी बोल्न नमिल्ने तर्क गर्नुभयो ।

संसदमा व्यक्त गरिने अभिव्यक्तीमा सांसद स्वतन्त्र हुने भन्दै मुलक देश र कानुनले सांसदमाथि बिश्वास गरेको र त्यही अनुरुप सांसदहरु पनि जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले महिलाको हक अधिकारको रक्षाका लागी सरकार प्रतिवद्ध रहेको धारणा पनि राख्नुभयो ।

कार्यक्रममा महिला संघले संघिय संसदका महिला प्रतिनिधीहरुलाई सम्मान गरेको थियो ।