काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब बढाउने निर्णय गरेको हो ।
कामदारको तलब प्रति घण्टा ८ हजार ३ सय ५० कोरियन वोन अर्थात दैनिक आठ घण्टा काम गरेपछि कामदारको महिनाको न्यूनतम तलब नेपाली १ लाख ६८ हजार बराबर हुनेछ । यो निर्णयले कोरियामा ४० हजार बढी नेपाली लाभान्वित हुने भएका छन् ।