काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।
सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले ठाकुरलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।
बैठकमा समसामयिक, राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकालगायत विषयमा छलफल भएको छ ।