कस्ले चुम्ला विश्वकपको उपाधि, फ्रान्स कि क्रोएसिया ?

एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीचको आज प्रतिस्पर्धा हुँदैछ । आज राति पौने ९ बजे हुने फाइनल खेलमा उपाधि उचाल्ने लक्ष्यका साथ दुबै टिम प्रतिस्पर्धा गर्दैछन् । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो ।
सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको फाइनलमा पहिलो पटक पाइला टेकेको हो । विश्वकप फुटबलको उपाधि क्रोएसियाले जितेमा आफ्नो फुटबल इतिहासमा ऐतिहासिक सफलता हात पार्नेछ ।
सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको थियो । बलियो फ्रान्सलाई पन्छाउँदै विश्वकपको उपाधि चुमेमा क्रोएसियाको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।
यता, फ्रान्सले भने सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै १२ वर्षपछि फाइनलमा स्थान बनाएको थियो
। फ्रान्सको जितमा सामुएल उमटिटी नायक बनेका थिए । उनकै निर्णायक गोलमा फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्सको विश्वकप फुटबलमा तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।
क्रोएसियाले समूह चरणको खेलमा नाइजेरियालाई २–० गोलले, अर्जेन्टिनालाई ३–० गोलले पराजित गरेको थियो । त्यस्तै समूह चरणको आफ्नो अन्तिम खेलमा आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको नकआउट चरणमा पुगेको थियो । प्रिक्वाटरफाइनलमा भने क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा पनि आयोजक रसियालाई ४–३ गोलअन्तरले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा इंग्ल्यान्डमाथि २–१ गोलको जित निकाल्दै क्रोएसिया फाइनल पुगेको हो ।
यता, फ्रान्सले पनि विश्वकपको समूह चरणमा अष्ट्रेलियालाई २–१, पेरुलाई १–० र समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहति बराबरी खेलेको थियो । प्रिक्वाटरफाइनलमा भने अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा उरुग्वेलाई २–० गोलअन्तरले पराजित गरेको फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । २० वर्षपछि फ्रान्स र क्रोएसिया विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । क्रोएसियालाई बदला लिने राम्रो अवसर रहेको छ भने फ्रान्स फेरि पनि क्रोएसियालाई पराजित गर्दै उपाधि चुम्ने लक्ष्यमा छ ।
-
देशभरका स्थानीय तहमा काँग्रेसको प्रदर्शन
-
यस्ता छन् बोक्रासहितको स्याउ खानुका ७ फाइदा
-
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेस डिसेम्बरको उत्कृष्ट खेलाडी
-
विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण
-
हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
-
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
-
भारतले लगायो पाम आयलमा प्रतिबन्ध, तेल उद्योग धरासयी हुँदै
-
वन्यजन्तुको अंग र बन्दुकसहित डोल्पाबाट पाँच जना पक्राउ
-
ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेको सरकारको दाबी
-
पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिने नेपाल–भारत दुवै पक्ष सहमति
-
ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे
-
आज काठमाडौँका २१ स्थानमा विद्युत कटौती हुने
-
भारतले आजदेखि कोरोनाविरुद्धको खोप लगाउन थाल्ने
-
प्रधानमन्त्री कप : आज एपीएफ र प्रदेश १ भिड्दै
-
जनकपुर–जयनगर रेल माघ अन्तिम सातादेखि सञ्चालनमा आउने
-
जनकपुर जान प्लेन चडेका यात्रुलाई बुद्ध एयरले पुर्यायो पोखरा
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
पहिलो भेटमा पुरुषले युवतीता कुन ७ कुरामा ध्यान दिन्छन् ?
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
ओली नेकपाको कार्यकर्ता भेला काठमाडौंमा , प्रधानमन्त्रीले सम्वोधन गर्ने
-
देशभरका स्थानीय तहमा काँग्रेसको प्रदर्शन
-
यस्ता छन् बोक्रासहितको स्याउ खानुका ७ फाइदा
-
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेस डिसेम्बरको उत्कृष्ट खेलाडी
-
विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण
-
हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
-
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
-
भारतले लगायो पाम आयलमा प्रतिबन्ध, तेल उद्योग धरासयी हुँदै
-
वन्यजन्तुको अंग र बन्दुकसहित डोल्पाबाट पाँच जना पक्राउ
-
ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेको सरकारको दाबी
-
पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिने नेपाल–भारत दुवै पक्ष सहमति
-
ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे
-
आज काठमाडौँका २१ स्थानमा विद्युत कटौती हुने
-
भारतले आजदेखि कोरोनाविरुद्धको खोप लगाउन थाल्ने
-
प्रधानमन्त्री कप : आज एपीएफ र प्रदेश १ भिड्दै