Tue May 17 2022
समाचार

जथाभावी बाटो काटे २ घण्टा प्रशिक्षण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका नयाँ अभियान थालेको छ ।
काठमाडौंमा जथाभावी बाटो काट्नेलाई प्रहरीले पक्राउ गरी दुई घण्टा प्रशिक्षण दिएर पठाइने भएको छ ।
उपत्यकाका कोटेश्वर, ठिमी, नयाँबानेश्वर, थापाथली, पूरानो बसपार्क, केशहरमल, सिंहदरबार,गौशाला, महाजगञ्ज, कालीमाटी र जावलाखेलमा जथाभावी बाटो काट्ने यात्रु समाउन ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए।

‘पैदल यात्रुलाई सचेतना दिन पहिलो चरणमा यस्तो व्यवस्था लागु गरेका हौं,ु पन्तले भने। यसअघि गत वर्ष जेठ १६ गतेदेखि ट्राफिकले जथाभावी बाटो काट्ने यात्रुलाई २ सय रूपैया जरिवाना तिराउने र ३ घन्टा प्रहरी नियन्त्रणमा बस्नुपर्ने नियम ल्याएको थियो। १५ दिनपछि त्यो नियम हटाइएको थियो।