Mon May 23 2022
फिचर

चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएन

काठमाडौँ । यसअघि सरकारले जारी गरेको अध्यादेश जस्ताका त्यस्तै विधेयकका रुपमा संसदबाट पारित गर्न माग गर्दै डा. गोविन्द केसी १५ औं पटकको अनसनमा छन् । सरकारले अध्यादेशमा राखिएका केही विषय हटाएर नयाँ विधेयकका रुपमा संसदमा टेवल गर्ने तयारी गरेपछि आइतबारको संसद बैठकको कार्यसुचीमा विधेयक नराखिएको हो ।

यसअघिको संसद बैठकको कार्यसुचीमा विधेयक टेवल गर्ने विषय राखिए पनि अन्तिममा कार्यसुचीबाटै हटाइएको थियो । सरकारले विधेयक संसदमा टेवल गर्ने तयारी गरेपनि डा. केसीको जिवनरक्षा गर्न अध्यादेशलाई विधेयकका रुपमा संसदमा ल्याउन का“ग्रेस नेताहरुले माग गरेका छन् ।

त्यसोत सत्तारुढ दलका केही नेता पनि डा. केसीसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्नुपर्ने पक्षमा छन् । तर केही नेता विधेयक कस्तो बनाउने भन्ने विषय संसदको विषेशाधिकार भएको भन्दै केसीको अनसनको औचित्य नभएको तर्क गर्छन् ।

सरकारले भने केसीको स्वास्थ्य अवस्थाप्रति सजग रहेको तर अध्यादेश जस्ताका तस्तै संसदमा ल्याउन नसक्ने बताएको छ । माथेमा कार्यदलले सिफारिस गरेका केही विषयलाई सामान्य हेरफेर मात्रै गरिएको सरकारको दाबी छ ।

सरकारले सामान्य हेरफेर गरेको भनेपनि अघिल्लो सरकारले जारी गरेको अध्यादेशमा राखिएको, काठमाडौमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाईने, मेडिकल कलेज चलाउन कम्तिमा ३ वर्ष अस्पताल चलाउनुपर्ने लगाएतका विषय विधेयकमा हटाइएको छ ।